प्रिमियर कप आजदेखि, नेपालले मलेसियासँग खेल्दै

काठमाडौं । आजदेखि नेपालमा एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू हुँदै छ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल आज मलेसियासँग भिड्दै छ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। यो प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ।

दुवै मैदानमा आज बिहान ९:३० बजेदेखि खेलहरु सुरु हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा नेपाल र मेलिसियाबीच प्रतिस्पर्धा हुँदैछ। यस्तै मुलपानी क्रिकेट मैदानमा हङकङ र सिंगापुर खेल्दैछन्।

१ महिना अगाडि (चैत २ गते) यूएईलाई हराएर विश्वकप लिग २ को यात्रा निश्चित गरेको नेपाल पहिलोपटक एसिया कपमा खेल्ने लक्ष्यमा छ। हालसम्म एसिया कपमा छनोट हुन नसकेको नेपाल प्रिमियर कपको शीर्ष स्थानमा रहँदै एसिया कपमा सहभागिता जनाउने लक्ष्यमा छ।

जसमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here