एसीसी प्रिमियर कप: मलेसियाले दियो नेपाललाई २३६ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर लिगको पहिलो खेलमा नेपालले जितका लागि २३६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनायो ।

मलेसियाका कप्तान अहमेद फैजले ७६ रन बनाए । फैजले ९५ बलमा आठ चौका र एक छक्का प्रहार गरे । ओपनर वीरन्दिप सिंहले ४६ रन जोडे । २२–१ को अवस्थाबाट यी दुईले ११६ रनको साझेदारी गर्दै मलेसियाको इनिङ सम्हालेका थिए ।

यस्तै, खिजर हायातले २२, स्यार्जुल इद्रुसले २१, मुहम्मद अमिरले १७, मुहम्मद सहादतले १५, सयेद अजिजले १३, विजय उन्नीले १२ रन बनाए ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन विकेट लिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दै ४८ रन खर्चिए । भने, सोमपालले आफ्नो स्पेलको ९ ओभर फाल्दै ४० रन खर्चिए। ललित राजवंशीले दुई र गुल्सन झा एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here