जापानी कम्पनीले ७० करोड ६० लाख यूरोमा किन्यो ‘एंग्री बर्ड्स’

काठमाडौं । भिडियो गेम ‘एंग्री बर्ड्स’लाई जापानी कम्पनी सोनिक द हेडगेहोङले ७० करोड ६० लाख यूरोमा किनेको छ।

१ अर्ब पटक डाउनलोड भएको यो गेम र यसको निर्माता कम्पनी किन्न जापानी कम्पनीले ७०६ मिलियन अर्थात ७० करोड ६० लाख यूरोको सौदाबाजी गरेको हो। जुन रकम नेपाली रुपैयाँ १ खर्ब १६ अर्ब बराबरको हुन आउछ ।

यससँगै फिनल्याण्डको कम्पनी रोभियो इन्टरटेनमेन्ट अब जापानी कम्पनी सोनिकको स्वामित्वमा जानेछ। कम्पनीले सम्झौताको घोषणा गर्दै सेगाले रोभियो किन्ने निर्णय विश्वव्यापी गेमिङ बजारमा यसको स्थिति बलियो गर्ने आवश्यकताबाट प्रेरित भएको बताएको छ।

यो सम्झौता पश्चात जापानी भिडियो गेम निर्माता कम्पनीले भिडियो गेमको बजार आगामी दिनमा झनै बढ्दै जाने घोषणा समेत गरेको छ।

एंग्री बड एक दशकको अवधिमा सबैभन्दा धेरैपटक डाउनलोड भएको भिडियो गेम हो। साथै यसले धेरैपटक डाउनलोड हुने संसारको पहिलो भिडियो गेमको पनि रेकर्ड राखेको छ ।

यसले रोभियोको मोबाइल गेमिङ प्लेटफर्म बीकनलाई कम्पनीले धेरै हाइलाइट गरेको छ। जसमा अमेरिका र युरोपमा लाइभ सर्भिस(मोबाइल गेम संचालनमा २० वर्षको उच्च(स्तरीय विशेषज्ञता रहेको बताएको छ।

‘द्रुत गतिमा बढ्दै गइरहेको ग्लोबल गेमिङ बजारको बीचमा मोबाइल गेमिङ बजारमा विशेष गरी उच्च क्षमता छ। यस क्षेत्रमा आफ्नो विस्तारलाई तीव्रता दिन सेगाको दीर्घकालीन लक्ष्य रहेको छ,’ सेगा सामी होल्डिङ्सका प्रमुख कार्यकारी हारुकी सातोमीले भने।

बेरेनबर्गका विश्लेषक एडवर्ड जेम्सले रोभियो एक आकर्षक सम्पत्ति भएको बताए। किनभने यो एङग्री बर्ड्समा मोबाइल गेमहरूमा सबैभन्दा राम्रो र बलियो ब्रान्डहरू मध्ये एक भएको छ।

रोभियोको राजस्व सन् २०२० मा २७ करोड २० लाख युरो थियो तर यो सन् २०२२ मा बढेर ३१ करोड ७० लाख युरोमा वृद्धि भयो। तर सोही अवधिमा यसको संचालन नाफा भने ४ करोड २५ लाख युरो बाट २ करोड ८६ लाख युरोमा झरेको छ।

सेगासँगको सम्झौतामा सहमति भएपछि रोभियोको सेयर सोमबार १८ प्रतिशतभन्दा बढीले बढ्यो। सेगा स्यामी एक जापानी होल्डिंग कम्पनी हो जुन सन् २००४ मा भिडियो गेम विशाल सेगा र स्यामी कर्पोरेशनको मर्जरबाट गठन गरिएको थियो।

सेगाले धेरै मिलियन(बिक्री भिडियो गेम फ्रान्चाइजीहरू उत्पादन गरेको छ। विश्वव्यापी रूपमा यसको सोनिक द हेजहग चरित्रको लागि परिचित छ। जुन दुई चलचित्रहरूमा पनि देखाइएको छ। स्यामीले मनोरञ्जन आर्केड मेसिनहरू विकास र बिक्री गर्छ। (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here