एनआईसी एसिया बैंकको नाफा १२९ प्रतिशतले बढ्याे, कर्जा प्रवाहमा पहिलाे

काठमाडौं, ३१ साउन । एनआईसी एसिया बैंकले अघिल्लाे आर्थिक वर्षकाे तुलनामा नाफामा १२९ प्रतिशतले वृद्दि गरेकाे छ ।

बैंकले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण अनुसार गत ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै नाफाम ठूलाे सुधार ल्याउन सफल भएकाे हाे ।

बैंकले अघिल्लो आर्थिक वर्षमा भने १ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको थियो ।

त्यस्तै बैंकले आव २०७५/७६ मा १ खर्ब ८० अर्ब रुपैया निक्षेप सङ्कलन गरेको र १ खर्ब ५० अर्ब ऋण लगानी गरेको तथ्यांकमा छ । यस अनुसार कर्जा प्रवाहमा एनआइसी एसिया बैंक राष्टिय वाणिज्य बैंकलाइ समेत पछाडी पार्दै अन्य वाणिज्य बैंकहरु भन्दा शीर्ष स्थानमा रहेको छ ।

निक्षेप संकलनतर्फ भने निजी क्षेत्रका बैकहरूमध्ये एनआइसी शीर्ष स्थानमा रहेको छ ।

बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने सञ्चालन नाफा ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

बैंकको यस अवधीमा प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ५६ पैसा रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here