नियम उल्लंघन गर्ने ९ वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने ९ वटा बाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । कारबाही पर्नेमा हिमालयन बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, नबिल बैंक, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक र कुमारी बैंक रहेका छन् ।

गत माघदेखि चैतसम्मको अवधिमा यी बैंकहरूले विभिन्न नियम उल्लंघन गरेका हुन्।

तत्कालिन एनसीसी र हालको कुमारी बैंकलाई सचेत गराएको छ भने अन्य सबैले नगद जरिवाना तिरेका हुन् ।

त्यस्तै, मर्जर अगाडिका (एनसिसी) का प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले आफ्नो अख्तियारीभन्दा बाहिर गएर कर्जा स्वीकृत गरेको भन्दै उनलाई पाँच लाख रूपैयाँ जरिवाना गरिएको छ।

मर्जर अघि कुमारी बैंकबाट समेत सहुलियतपूर्ण कर्जाको औचित्य पुष्टि नहुने गरी लगानी भएको, मुद्दती निक्षेपमा प्रकाशितभन्दा बढी ब्याजदर दिएको, पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको र जोखिम भार नराखेको भन्दै सचेत गराइएको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन विपरीत गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रूपैयाँ जरिवाना गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here