काठमाडौं । एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा ३१० रनको योगफल तयार पारेको हो।
नेपालका लागि कुशल मल्लले शतक पुरा गरे भने सोमपाल कामीले अर्धशतक बनाएका थिए ।
खराव सुरूवात गर्दै शून्य रनमा दुबै ओपनर गुमाएको नेपालको इनिङ उकास्न कुशल मल्लले १०८ रन सोमपाल कामीले ६३,भीम सार्कीले ३३, आरिफ शेखले २९, करण केसीले २८, कप्तान रोहित पौडेलले २३ रन बनाए ।
नेपालले पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० रनको स्कोर पार गरेको हो । योभन्दा अगाडि नेपालको उच्च स्कोर २९७ रन थियो ।
























