रातो मछिन्द्रनाथको रथ बनाउन शुरु

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो रातो मछिन्द्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ ।

सहकालका देवता मछिन्द्रनाथको दशकर्म शुरु भएसँगै ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथको रथ बनाउने काम भइरहेको छ ।

वैशाख कृष्ण प्रतिपदाका दिनमा महास्नान गरेपछि देवताको दशकर्म र रथ निर्माण दुवै सँगसँगै शुरु गरिन्छ ।

यो रथयात्रा गाबहाल, सुन्धारा, लगनखेल, थथीटोल हुँदै जावालखेलमा भोटो देखाएपछि सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here