एकदिवसीय क्रिकेटमा सन्दीपको दुर्लभ कीर्तिमान

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा दुर्लभ कीर्तिमान बनाएका छन् ।

सन्दीपले एसीसी प्रिमियर कपमा ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा गर्दै १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । सन्दीपले ओडिआई इतिहासकै सर्वाधिक छिटो एक सय विकेट लिने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

सन्दीपले ओमानविरुद्ध एक विकेट लिएसँगै ४२ खेलमा १०० विकेट लिएका छन् । सन्दीपले नामिबियाविरुद्ध १४, नेदरल्यान्ड्सविरुद्ध ४, ओमानविरुद्ध १०, पीएनजीविरुद्ध २५, स्कटल्यान्डविरुद्ध १०, यूएईविरुद्ध २२ र अमेरिकाविरुद्ध १५ विकेट लिएका छन् ।

यसअघि ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो । राशिद खानले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए ।

यस्तै अष्ट्रेलियाका मिचेल स्टार्क ५२ र पाकिस्तानका सकलेन मुस्ताकले ५३ खेलमा सय विकेट पुर्‍याएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here