यसरी मनाए कीर्तिमानी रेकर्डपछि सन्दीपले खुसीयाली (फोटोफिचर)

काठमाडौं । नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् ।

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा दुर्लभ कीर्तिमान बनाएका छन् ।

सन्दीपले एसीसी प्रिमियर कपमा ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा गर्दै १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । सन्दीपले ओडिआई इतिहासकै सर्वाधिक छिटो एक सय विकेट लिने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

१०० विकेट लिएसँगै सन्दीपलाई टिमका अन्य खेलाडीहरूलाई काँधमा बोकेर खुसीयाली मनाएका थिए । १०० विकेट लिएका सन्दीपले दर्शकसामु अभिवादन पनि गरेका थिए ।

सन्दीपले ओमानविरुद्ध एक विकेट लिएसँगै ४२ खेलमा १०० विकेट लिएका छन् । सन्दीपले नामिबियाविरुद्ध १४, नेदरल्यान्ड्सविरुद्ध ४, ओमानविरुद्ध १०, पीएनजीविरुद्ध २५, स्कटल्यान्डविरुद्ध १०, यूएईविरुद्ध २२ र अमेरिकाविरुद्ध १५ विकेट लिएका छन् ।

यसअघि ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो । राशिद खानले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here