दोल्ती पावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस्

काठमाडौं । दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले गोलाप्रथामार्फत् कुल १ लाख २७ हजार १८६ जनालाई १० कित्ताका दरले आइपीओ बाँडफाँड गरेको हो ।

त्यसमध्ये पनि भाग्यमानी एक जनाले थप एक कित्ता अर्थात् ११ शेयर पाएका हुन्। यसमा कुल १३ लाख ८३ हजार ७२४ जनाले आवेदन दिएकोमा १ लाख १४ हजार ७७८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी दिएको छ।

कम्पनीले चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म उक्त आइपीओ बिक्री गरेको थियो।

लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट र दोल्दी पावर कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here