थप १०६ जनामा कोरोना पुष्टी, ४६ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १३०२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख २ हजार ५३७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ९० हजार ९७ पुगेको छ ।

कोरोनाबाट १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या १२ हजार २६ पुगेको छ । यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ४१४ जना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here