मच्छिन्द्र र खुमलटार विजयी

काठमाडौं । साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी एफसी खुमलटारले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् । च्यासल मैदानमा शनिबार भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई २-१ गोलले हरायो ।

यसैगरी दशरथ रंगशालामा भएको अर्को खेलमा खुमलटारले बलियो प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई २-१ गोलले स्तब्ध बनायो । लिगमा चौथो जित निकालेको खुमलटारले ११ खेलबाट १३ अङ्क बनाएको छ । पराजित मनाङको १५ अङ्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here