उपेन्द्र यादव र सीके राउत पक्षबीच हात हालाहाल, चार जना पक्राउ

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रतिष्ठाको विषय बनेको बारा क्षेत्र नं २ मा दुई पक्षबीच हात हालाहाल भएको छ । यादव पक्ष र जनमत पार्टीका अध्यक्ष सीके राउत पक्षबीच हाल हालाहाल भएको हो ।

जसपाका कार्यकर्ताहरूले आफ्ना समर्थकलाई भित्र छिर्न नदिएको भन्दै इनर्वा बुथमा हात हालाहाल भएको हो । अहिले सो स्थानमा शान्तिपूर्ण मतदान भइरहेको छ ।

साथै देउतल गाउँपालिका ७ पिपलपातीमा मतदान खलबल्याउन खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहटका तीन जना र बारा पर्सौनीका एक जना गरी जम्मा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यता उपेन्द्र पक्षले पचरौता नगरपालिका बेलडाडी र देबताल झिपकैया बुथमाबुथ कब्जा गरेको सीकेले आरोप लगाएका छन् । बारा क्षेत्र नं २ मा यस पटक जसपाका अध्यक्ष उपेन्द्र यादव उठेका छन् । उनको प्रतिस्पर्धीमा जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेल मुख्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here