किर्तिपुर मैदानमा इतिहासकै सबैभन्दा ठूलो स्कोर, यूएईले बनायो ४७१ रन

काठमाडौं । काठमाडौंको किर्तिपुर मैदानमा ५० ओभरको क्रिकेटमा इतिहासकै सबैभन्दा ठूलो स्कोर बनेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ४७१ रन बनाएको हो।

यूएईका लागि कप्तान मुहम्मद वसीमले तुफानी इनिङ खेल्दै ८२ बलमा १६० रन बनाए । उनले १६ छक्का र ९ चौका हाने ।

यूएईका लागि सबैभन्दा धेरै रन भने वृत्या अरविन्दले बनाए । उनले १३३ बलमा १७४ रन बनाए । उनले ७ छक्का र १७ चौका हाने ।

अयान अफजल खानले ५० बलमा ७४ रन बनाए । बलिङतर्फ सिंगापुरका अद्वित्य भार्गवले सर्वाधिक ४ विकेट लिँदा रमेश कालीमुथुले ३, विनोथ वसकरनले २ तथा मनप्रीत सिंहले १ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here