श्राद्ध गर्न आएका तीन जनाको सप्तकोसीमा डुबेर मृत्यु

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर-१ को बराहक्षेत्र मन्दिरमा बाबुको श्राद्ध गर्न आएका तीन जनाको सप्तकोसीमा डुबेर मृत्यु भएको छ ।

मन्दिरमुनि सप्तकोसी नदीमा नुहाउने क्रममा झापाको दमक नगरपालिका- ९ का २१ वर्षीय नवीन न्यौपाने, १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी नगरपालिका- ७ का १८ वर्षीय राजु गुरागाईंको सप्तकोसीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका उनीहरूको शब नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले फेलापारी पोस्टमार्टम गरी परिवारको जिम्मा लगाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here