काठमाडौं महानगरमा रोजगारीको अवसर

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा १०० जना नगर प्रहरी जवान माग गरेको छ ।

जसमा खुलातर्फ ३३ जना, सशस्त्र प्रहरीको तर्फबाट २७ जना, महिलातर्फ १७ जना, आदिवाशी/जनजातितर्फ १६ जना, मधेशीतर्फ २ जना, दलिततर्फ ४ जना र अल्पसंख्यक १ जना माग गरिएको छ ।

योग्यता पुगेका इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र महानगरपालिकाको प्रशासन विभागमा आवेदन दिन सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here