उद्योगमन्त्री रिजाललाई व्यापार सं‌घले बुझायो २० बुँदे ज्ञापनपत्र

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई नेपाल व्यापार संघले ज्ञापनपत्र बुझाएको छ। मन्त्रालयमा मन्त्री रिजालसँग भेटेर २० बुँदे ज्ञापनपत्र संघले बुझाएको हो।

उद्योगीका समस्याको निराकरण तथा व्यवसायीमैत्री वातावरण निर्माणका लागि संघले राखेको अपेक्षा प्रति आफू सधैं सकारात्मक भएको रिजालले बताए।

संघले बुझाएको ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल अंकमा कायम गर्न, हालको भन्सार दरबन्दी घटाउन, विनाधितो कर्जा बढाएर २५ लाख बनाउन, दक्ष जनशक्ति उत्पादनका लागि स्थानीय तहमा तालिम केन्द्रको स्थापना, प्रालि कम्पनी तथा प्रोपाइटरसीप फर्मको करको दर घटाएर २० प्रतिशत गर्न, केरुङ, खासा चिनियाँ नाकामा नेपाली व्यवसायीहरूका लागि सहज आवतजावतको व्यवस्था लगायतका बुँदा उल्लेख छन्।

उधोग विभागले दिने ‘स्टार्टअप‘ व्यवसायलाई विना धितो ऋणको दायरा फराकिलो बनाउँदै नेपाली तयारी पोशाक उधोगलाई पनि समेट्न संघले मन्त्री रिजाललाई ज्ञापनपत्र मार्फत आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here