तनहुँ-१ मा स्वर्णिम वाग्लेभन्दा गोविन्द भट्टराई ५ हजार मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले दोब्बरको अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार उनले ९ हजार ११८ मत प्राप्त गरेका छन् । वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४ हजार २१३ मत ल्याएका छन् ।

उनी र वाग्लेबीचको मतान्तर ४ हजार ९८५ रहेको छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ४३० मत प्राप्त गरेका छन् ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । कुल १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेको त्यहाँ उपनिर्वाचनमा करिब ५२ प्रतिशत मत खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here