चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को मतगणना सोमबार दिउँसो १ बजेबाट सुरू हुने भएको छ।

आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन सकेपछि मतगणना हुन सकेको थिएन। सोमबार बिहान सर्वदलीय बैठक बसेको थियो।

यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन। चितवन- २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here