लोकस्टारको ग्राण्ड फिनाले हेर्न टिकट काट्नुपर्ने

काठमाडौं । बुधबार बेलुका साढे ५ बजे राष्ट्रिय सभागृहमा हिमालय लोकस्टारको ग्राण्ड फिनाले हुँदैछ ।

उपाधिका लागि बलराम विश्वकर्मा, सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्ती मगर र पीएन साइँला भिड्दैछन् ।

यो कार्यक्रममा सहभागी हुन दर्शकले ५००, २०० र १०० रुपैयाँको टिकट काट्नुपर्ने छ । कृष्ण कँडेलसहित टेलिभिजन कार्यक्रम इन्द्रेणीको समूहले पनि सांगीतिक प्रस्तुति दिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here