भागबन्डा मिल्यो, एमालेलाई तीनवटा संसदीय समितिको सभापति

काठमाडौं । नेकपा एमालेले संघीय संसदको तीनवटा समिति पाउने भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन ठुला दलका शिर्ष नेताको बैठकले एमालेलाई तीन संसदीय समिति दिने सहमति भएको हो ।

जसअनुसार प्रतिनिधिसभाका १० वटा समिति मध्ये महत्वपुर्ण मानिएका सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिसहित तीनवटा संसदीय एमालेको भागमा परेको छ । नयाँ सहमतिसँगै संसदीय समिति गठनको प्रक्रिया सुरु हुने भएको छ ।

यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोगको बिबादलाई टुंग्याउनका लागि बिशेष समिति गठन गर्नेमा पनि प्रमुख दल सहमत भएका छन् । अर्को संयुक्त समिति संसदीय सुनुवाइ समितिको नेतृत्व कांग्रेसले लिने सहमति भएको छ ।

प्रतिनिधि सभा अन्तर्गतका अन्य आठवटा विषयगत समिति भने सत्तारूढ दलहरूबीच बागबन्डा गर्ने सहमति गठबन्धनमा यसअघि नै भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here