बारा २ मा जसपाका उपेन्द्र यादवको अग्रता

काठमाडौं । बारा क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवको अग्रता छ । आज बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार यादवले ९८७० मत ल्याएका छन् ।

उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६७७१ मत र तेस्रो स्थानमा नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत पाएका छन् ।

त्यसैगरी रास्वपाका रमेशप्रसाद खरेलले ११७४ मत ल्याएर पछिल्लो अपडेट अनुसार चौथो स्थानमा छन् ।

पाँचौ स्थानमा रहेको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५८७ मत ल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here