काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित्ने निश्चित देखिएको छ । करिब १२ हजार मत गणना बाँकी रहँदा लामिछाने ३७ हजारभन्दा बढी मतले अगाडी छन् ।
लामिछानेले पछिल्लो अपडेट अनुसार ४५ हजार ८४२ मत पाएका छन् । त्यस्तै उनका निकटतम प्रविद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३२९ मत पाएका छन् ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा पनि रवि चितवन २ बाटै निर्वाचित भएका थिए ।