सरकारलाई दिएको समर्थन फिर्ता लिने रवि लामिछानेको संकेत

फाइलफोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले उक्त संकेत गरेका हुन् ।

‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन,’ सभापति लामिछानेले अघि भने, ‘सरकारमा जाने त सम्भावनै छैन ।’

सरकारमा सहभागी हुन न्यूनतम साझा कार्यक्रममा आफ्ना अजेन्डा राखेको बताउँदै लामिछानेले अहिले झिकिएको दाबी गरे। उनले भने, ‘सरकारलाई समर्थन निरन्तरताको कुरा गर्दा परिस्थिति फेरियो। न्यूनतम साझा कार्यक्रममा हाम्रा केही अजेन्डा थिए। ती अहिले हटाइएका छन्। जुनसुकै समयको पनि भ्रष्टाचार छानविन गर्ने बुँदा हट्यो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here