रवि लामिछानेको फराकिलो अन्तरसहित जित सुनिश्चित, कटाए ५० हजार मत

काठमाडौं । मतगणना अन्तिम चरणमा पुग्दा चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले ५० हजार मत कटाएका छन्। ७०२२३ मत गणना हुँदा रवि लामिछानेले ५००२९ मत पाएका छन्।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फराकिलो अन्तरसहित जिततर्फ उन्मुख बनेका छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ९ हजार १६५ मत प्राप्त गरेका छन्। यस्तै, नेकपा एमालेका राम प्रसाद न्यौपानेले ८ हजार ८७७ मत ल्याएका छन्।

मंसिरको चुनावमा लामिछानेले ४९३०० मत पाएका थिए। उक्त क्षेत्रमा दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठले १४९८८ मत पाएका थिए। उनीहरूबीचको मतान्तर ३४३१२ थियो।

यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको थियो। सो क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here