थप १३६ जनामा कोरोना पुष्टी, ६४ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १३६ जनामा कारोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा ६४ जना संक्रमणमुक्त भएका छन्। यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ९० हजार ३३७ पुगेको छ ।

हाल देशभर ३९० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here