सीपको महत्व बुझाउँदै बालेनले भने- ‘मेयर नभएको भए ट्रक ड्राइभर भएपनि बन्थेँ’

फाइलफोटो

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले मेयर नभएको भए ट्रक ड्राइभर भएपनि बन्थेँ भन्दै सीपको महत्व बुझाएका छन् ।

सामुदायिक माध्यमिक विद्यालय तहमा छोटो अवधिको सीपमूलक तालिम कार्यक्रमको सुरुआत गर्ने क्रममा उनले भने ‘म मेयर नभएको भए इन्जिनियर बन्थेँ, त्यो पनि नभएको भए ट्रक ड्राइभर भएपनि बन्थेँ, मलाई सानो देखि नै ट्रक ड्राइभर मन पर्थो ।

गाडी चलाउन आउँछ सीप भनेको सानो ठूलो हुँदैन हाम्रो विकास हो । सानो वा ठूलो जुनसुकै कामलाई सम्मान गर्न सिकाउने उद्देश्य महानगरको रहेको पनि उनले बताए ।

काठमाडौं महानगरपालिकाले मंगलबारदेखि लागु हुने गरी सामुदायिक माध्यमिक विद्यालय तहमा छोटो अवधिको सीपमूलक तालिम कार्यक्रमको सुरुआत गरेको छ । मंगलबार कार्यक्रम गर्दै महानगरले उक्त कार्यक्रमको सुरुआत गरिएको जानकारी गराएको हो ।

महानगरले काठमाडौं महानगर क्षेत्रभित्रका ५६ सामुदायिक माध्यमिक विद्यालयमा कक्षा–९ देखि १२ सम्मका विद्यार्थीलाई छोटो अवधिको सीपमूलक तालिम र ‘पुस्तकविहीन शुक्रबार’ कार्यक्रमको थालनी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here