बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई आज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइएको विरोधमा दायर गरिएको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । गौतम अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा राष्ट्रिय सभा सदस्य गौतमविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ हुदैछ । उनी विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।

प्रतिनिधि सभामा पराजित व्यक्तिलाई त्यही कार्यकालमा मनोनयन गर्न नहुने भनी सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here