पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक, को-को परे ?

काठमाडौं । ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन बुधबार सार्वजनिक गरिएको छ ।

उपलब्धिको आधारमा चार विधाको मनोनयनमा पर्न सफल भएका तीन–तीन खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको हो ।

वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का छन् ।

महिलातर्फ आर्चरीकी रोजिना थापामगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर मनोनयनमा पर्न सफल भएका छन् ।

वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने मञ्चले जनाएको छ ।

लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।

उदियमान खेलाडीतर्फ भलिबलका रवि केसी, फुटबलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी मनोनयनमा परेका छन् । प्रशिक्षकतर्फ आर्चरीका किशोरकुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here