एसीसी प्रिमियर कप समूह चरणको अन्तिम २ खेल हुँदै, नेपाल र कतारबीच प्रतिष्पर्धा

काठमाडौं । एसीसी प्रिमियर कपमा समूह चरणका अन्तिम दुई खेल आज हुँदैछ । काठमाडौंमा भइरहेको खेलको समूह ए मा रहेको घरेलु टोली नेपालले कतारसँग खेल्नेछ । त्यस्तै समूह बी मा हङकङ र कुवेत खेल्ने छ ।

यस खेलसँगै सेमिफाइनल पुग्ने अन्तिम टोली छानिने छ । साथै समूह विजेता र उपविजेता पनि छानिने छ ।

समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । त्यस्तै समूहबी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले समूह ए को विजेता बन्न कतारलाई पराजित गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here