एसीसी प्रिमियर कप : टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गर्न लागेको हो। घरेलु टोली नेपाल कतारलाई पराजित गर्दै समुह विजेताको रुपमा सेमिफाइनल खेल्ने लक्ष्यमा छ।

नेपाल ३ खेलमा २ मा जित र १ मा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ। तीनै खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको कतार सान्तवनामा चित्त बुझाउने प्रयासमा छ।

नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो। साउदीसँगको खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो।

कतार भने ओमानसँग ४० रन, साउदीसँग ७ विकेट र मलेसियासँग ३ विकेटले पराजित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here