हिमाल दोलखा हाइड्रोपावरले पायो हकप्रद जारी गर्न अनुमति

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत अर्थात् १:०.७५ अनुपातमा हकप्रद सेयर विक्री गर्न स्वीकृति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर विक्री गर्न अनुमति पाएको हो ।

हाल १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here