नेपालको खराब ब्याटिङ, कतारविरुद्ध १५७ रनमै अलआउट

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्ध निराशाजनक ब्याटिङ गरेको नेपाल १५७ रनमै समेटिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपाली टिमले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । कतारले जितका लागि १५८ रनको सामान्य लक्ष्य पाएको छ ।

नेपालका कुनै पनि ब्याट्सयानले ४० भन्दा माथिको स्कोर बनाउन सकेनन् । १० औं नम्बरमा आएका सन्दीप लामिछाने सबैभन्दा धेरै रन बनाए । नेपालका लागि तल्लो क्रमका ब्याटर सन्दीप लामिछानेले सर्वाधिक ४२ रन योगदान गरे ।

उनले ५८ बल खेल्दै ६ चौका प्रहार गरे । नेपालका ५ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा चौथो नम्बरमा क्रिजमा उत्रिएका कप्तान रोहित पौडेलले ३६ बल खेल्दा २ चौकाको मद्दतमा २७ रन बनाए ।

आसिफ शेखले २७ बलमा १९ रन, सोमपाल कामी र आरिफ शेखले समान ११ रन जोडे । भने, दीपेन्द्रसिंह ऐरीले १२ रन योगदान गरे ।

कतारका अमिर फारुकले सर्वाधिक ४ विकेट लिए । उनले ९.३ ओभरमा ४२ रन खर्चिए । ओवासिस अहमदले १० ओभरमा ३६ रन खर्चिएर तीन विकेट लिँदा, गयान मुनाविराले दुई तथा, इक्रामुल्लाह खानले एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here