लुम्बिनीको मुख्यमन्त्रीमा ५३ जनाको हस्ताक्षरसहित डिल्लीबहादुरको दाबी पेश

काठमाडौं । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ जनाको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४- ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३- ३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न दिएको समयभित्र उनले दाबी पेश गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here