निरा पाण्डेको हत्यामा संलग्नलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । काठमाडौँ सरस्वतीनगरमा आफ्नै पसलमा भएको बेला दिउँसै हत्या भएको निरु पाण्डे आचार्यको आज ८ औँ दिन हत्यारा पत्ता लगाउन चौतर्फी दबाब स्वरूप सरस्वती नगर, कपनमा घटना भएको पसल अगाडि बाटो बन्द गरेर स्थानिय र आफन्तले प्रदशन गरेका छन ।

प्रहरीसँग भने आफन्त र सार्वजनिक रुपमा बताउनसक्ने कुनै ठोस विषय हात लागिसकेको छैन । गत बिहीबार अपराह्न पाण्डेको छुरा प्रहार गरेर पसलभित्रै हत्या भएको थियो । उनको शरीरमा कम्तिमा १५/२० पटक छुरा प्रहार गरिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।

प्रहरीले हालसम्म अनुसन्धानमा भइरहेको प्रगति सार्वजनिक नगरेको भन्दै व्यवसायीले आक्रोश व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here