कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता, सन्दीपको अलराउन्ड प्रदर्शन

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको हो ।

नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए ।

त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए । नेपालका तर्फबाट सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए भने कप्तान रोहित पौडेलले २७ र आसिफ सेखले १९ रनको योगदान दिए।

जितसँगै नेपाल ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्न सफल भयो। समूहमा ६ अंक जोडेको ओमान उपविजेता बनेर अन्तिम चारमा पुग्यो।

अब नेपालले समूह ‘बी’ को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here