सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी कुवेत

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गरेको नेपालले सेमिफाइनलमा कुवेत प्रतिद्वन्द्वी पाएको छ ।

समूह बीको अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गर्दै समूहको दोस्रो स्थानमा उक्लिएपछि नेपालले सेमिफाइनलमा कुवेतसँग खेल्नुपर्ने भएको हो ।

नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार हुने छ । फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here