सामुदायिक विद्यालयलाई ‘टाइ’ अनिवार्य नगर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार सामुदायिक विद्यालयहरुलाई परिपत्र गर्दै अध्ययन गर्ने विद्यार्थीलाई ‘टाइ’ अनिवार्य नगर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले टाइ लगाउँदा बालबालिकाहरुलाई असहज महसुस हुने, स्वतन्त्र रुपमा हिँड्डुलको महसुस गर्न नपाउने लगायतका गुनासो अभिभावकबाट आएपछि कुनैपनि कक्षामा टाइ अनिवार्य नगर्न निर्देशन दिएको हो ।

टाइ अनिवार्य नगर्न महानगरपालिकाको शिक्षा समितिले गत २८ चैतमा निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here