यू १७ महिला एसियन कप छनोटमा आज नेपाल र जोर्डनबीच प्रतिष्पर्धा

काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणमा आज नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल घरेलु टोली जोर्डनसँग खेल्दैछ ।

जोर्डनको प्रिन्स मोहमद स्टेडियममा नेपाल र जोर्डनबीचको खेल हुने भएको हो । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

नेपालले समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गर्नका लागि जोर्डनलाई हराउनुपर्ने छ । यसअघि पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल खाँदा इरानसँग १–० ले पराजित भएको थियो । त्यस्तै इरान र जोर्डनबीच हुने अन्तिम खेलमा पनि नेपालको जीत आवश्यक छ ।

समूह चरणको खेलपछि धेरै अंक जोड्ने टोली समूह विजेता बन्दै छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

पहिलो चरणको छनोटमा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ । जसबाट समूहको विजेता दोस्रो चरणमा पुग्नेछन् । त्यस्तै त्यहाँबाट ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहका शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू–१७ महिला एसियन कपमा स्थान बनाउनेछन् ।

आयोजक इन्डोनेसियासँगै विजेता जापान, उपविजेता उत्तर कोरिया र तेस्रो भएको चीन भने सिधै छनोट भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here