‘विद्यालय पढ्ने ठाउँ हो, राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं’

काठमाडौं । काठमाडौँ महानगरपालिकाले शिक्षा शाखामा लगाएको ताला तोडेको छ । नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले बुधबार दिउँसो महानगरको शिक्षा विभागमा ताला लगाएको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालय राजनीति गर्ने नभइ पढ्ने ठाउँ भएको भन्दै दल र संगठनको आडमा गरिएको विद्यालयको तालाबन्दी फोडेको बताएका छन् ।

सामाजिक संजालमा लेख्दै उनले काठमाडौं महानगरपालिकाको विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिए पनि विरोधमा एक संगठनले गरेको तालाबन्दी फोडेर विफल पारेको बताएका हुन् ।

‘विद्यालय पढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ । त्यस माथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो । यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौँ ।’ उनले भनेका छन् ।

महानगरपालिकाले बुधबार महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here