माइतीघरमा महावीर पुनले थाले आन्दोलन, आविष्कार कोष खडा गर्न माग

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आजबाट आन्दोलनमा उत्रेका छन् ।

शुक्रवारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रने घोषणा गरेअनुसार आज माइतीघर मण्डलामा प्रदर्शन थालेका हुन् ।

आविष्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका हुन् ।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सोबारेमा सरकारले कुनै काम कारबाही अघि नबढाएपछि आक्रोशित पुनः आन्दोलनमा होमिएका हुन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर कुरा राखेपनि सरकार गम्भीर नभएपछि आन्दोलनको घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here