संसदको हिउँदे अधिवेशन अन्त्य हुँदै

काठमाडौं । सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार अन्त्य गर्ने भएको छ।

जेठ १५ गतेसम्म बजेट ल्याउनुपर्ने भएकाले चालू अधिवेशन अन्त्य गर्न लागेको हो। संसद सचिवालयका अनुसार आज रातिबाट अधिवेशन अन्त्य हुनेछ।

अधिवेशन अन्त्य भएको सूचना संसद सचिवालयले केहीबेरमा सार्वजनिक गर्ने तयारी छ।

यो अधिवेशनको अन्त्य गरेर सरकारले प्रतिनिधिसभाको बजेट अधिवेशन आह्वान गर्छ। बजेट अधिवेशन यहि बैशाख अन्त्यमा आह्वान गर्नुपर्ने हुन्छ।