‘विद्यालयमा राजनीतिक गतिविधि नरोकिए विद्रोह हुन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले राजनीतिक दलका भातृ संगठन विरुद्ध विद्रोहको चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौं–८ बाट निर्वाचित रास्वपा सांसद श्रेष्ठले भने ‘प्रचलित शिक्षा ऐन र नियमावली विपरित राजनीतिक दल र भातृ संगठनका गतिविधि गरेको भन्ने कुराको हामीलाई ध्यानाकर्षण ध्यानाकर्षण भएको छ ।

हामी निर्वाचित भएको क्षेत्रका विद्यालयमा झण्डाहरूसहित कार्यक्रम गरेको गुनासो आएको छ र त्यसलाई रोक्न खोज्दा अभद्र व्यवहार गरेको भन्ने सुन्नमा आएको छ,’ ‘ म विद्यार्थीहरुको भविश्यमा खेलवाड गर्न पाइदैन भनेर सबै राजनीतिक दलहरुलाई निदवेदन गर्न चाहन्छु । सँगसँगै माध्यामिक तहमा राजनीतिक दलका गतिविधि नरोकिए त्यहाँ पनि विद्रो हुने चेतावनी दिन चाहन्छु ।” ‘

उनले भातृ संगठनहरुलाई मर्यादित गतिविधिका लागि सम्झाउन राजनीतिक दलहरूलाई आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here