रोहित पौडेल र कुशल मल्लको अर्धशतक

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा रोहितकुमार पौडेल र कुशल मल्लले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा पौडेलले ५६ बलमा ४ चौका र १ छक्कासहित ५० रन पूरा गरेका हुन् । त्यस्तै कुशल मल्लले ४२ बलमा ४ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका हुन् ।

खेल वर्षाका कारण कारण केही समय रोकिएको थियो ।

कुवेतविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २८ ओभरसम्म १८३ रन बनाएको छ । मल्ल ४४ बलमा ५७ रन जोडेपछि आउट भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here