तामाको भाँडामा राखेको पानी पिउँदा हुँदैन क्यान्सर

तामा एक प्रकारको धातु हो । तामाको भाँडामा राखेको पानी पिएमा हाम्रो पाचन प्रक्रिया राम्रो हुन्छ ।

यसको साथै क्यान्सर जस्तो प्राणघातक रोगबाट समेत बचाउन लागि सहयोग गर्छ । गर्मी मौसममा तामाको भाँडामा राखेको पानी खाँदा शरीरलाई शित्तलता पनि प्रदान गर्छ ।

आयुर्वेद अनुसार तामाको भाँडामा पानी राख्दा पानीमा भएको सबै प्रकारका जिवाणु तथा किटाणु पनि नष्ट हुने गर्छ ।

यसको लागि रातभर तामाको भाँडामा पानी राख्ने र बिहान पिउनुपर्छ ।

यी हुन् तामाको भाडामा राखेको पानी पिउँदा हुने फाइदा

१. पाचन प्रक्रिया राम्रो बनाउँछ

तामाको भाँडामा राखेको पानी खाँदा हाम्रो पेटमा भएका संक्रमणहरुमा पनि कमी आउने गर्छ । पाचन प्रक्रिया पनि राम्रो हुन्छ । यसका साथै फोक्सो र मिर्गौलालाई पनि फाईदा पुग्छ ।

२. मुटुसम्बन्धी समस्याबाट पनि टाढा राख्छ

आजभोली धेरै मानिसहरु मुटुसम्बन्धी समस्याहरुबाट गुज्रीरहेका छन् । यस्तो अवस्थामा ती मानिसहरुको लागि तामाको भाँडामा राखेको पानी पिउनु फाइदाजनक हुन्छ ।

अध्ययनले पनि यस विषयलाई मान्यता दिएको छ । अमेरिकाको क्यान्सर सोसाइटीको अध्ययन अनुसार ब्लडप्रेसर पनि नियन्त्रण हुने र कोलेस्टेरोल नियन्त्रण हुने बताईएको छ ।

३. तौल कम गर्न सहयोग

तामाको भाँडामा राखेका पानी पिउँदा प्राकृतिक रुपमा नै तौल कमी हुने गर्छ ।

४. क्यान्सरको सम्भावना कम

तामाको भाँडामा पिएको पानी पिउँदा व्यापक रुपमा बढ्दै गएको क्यान्सरको सम्भावना कम हुने गर्छ । तामामा हुने एन्टीअक्सीडेन्ट्स गुणले शरीरमा भएको रेडिकल्सको असरलाई कम गर्छ । जुन क्यान्सरको मुख्य कारण मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here