मेस्सीलाई पीएसजीले गर्यो २ हप्ताका लागि निलम्बन

काठमाडौं । लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले २ हप्ताका लागि निलम्बन गरेको छ ।

अर्जेन्टिनी फुटबल स्टार मेस्सीले क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेकोमा निलम्बन गरिएको हो । २ हप्ताको निलम्बनमा परेमा उनले पीएसजीका २ वटा खेल गुमाउने छन् ।

उनको पीएसजीसँगको सम्झौता यो सिजनपछि सकिँदै छ । निलम्बनको समयमा क्लबमा प्रशिक्षण गर्न र पारिश्रमिक नपाउने बताइएको छ ।

पर्यटन प्रवर्द्धनको एउटा कार्यक्रममा सहभागी हुन साउदी अरबको भ्रमणमा जान अनुमति मागेका थिए । तर क्लबले उनलाई अनुमति दिएन । उनी साउदी अरबको पर्यटन बोर्डको अफिसियल ब्राण्ड एम्बेसडर हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here