क्रिकेट खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार

काठमाडौं । सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने निणर्य गरेको हो । त्यस्तै अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

नेपाली क्रिकेट टोली मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बन्नुका साथै एसिया कप क्रिकेटमा छनोट भएको थियो ।

खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउनेमा बढाएर ६ लाख दिने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here