खुमलटारले जावलाखेललाई हरायो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा लिग लिडर जावलाखेल युथ क्लब खुमलटारसँग २–४ गोलले पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खुमलटारका लागि स्टेफन समिरको ह्याट्रिक गरे ।

उनले २०औं मिनेट,पहिलो हाफको इन्जुरी समय र ५१ औं मिनेट गोल गरे । जितसँगै खुमलटार १५ खेलबाट १७ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ। समान खेलबाट २४ अंक जोडेको जावलाखेल शीर्ष स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here