पार्टीभित्रको अवस्थाप्रति असन्तुष्टि – ‘धेरै पटक प्रतिरोध गरेँ, अब त अति भयो’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको अवस्थालाई इंगित गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले आफूले पार्टीमा राखेका कतिपय कुराहरूको प्रक्रिया चित्त नबुझेको भन्दै आफ्ना विषयलाई प्रवेश नै नदिइएको भन्दै गुनासो गरेका छन्।

कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो ! उनले भने।