ओएसिस र आठराई पब्लिकेसन्सको पाठ्यपुस्तकमा प्रतिबन्ध

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले ओएसिस पब्लिकेसन प्रा.लि. काठमाडौंबाट प्रकाशित कक्षा ४, ६, र ७ को वन्डर इङ्लिस र इङ्लिस स्किल प्रकाशन स्वीकृति प्राप्त विषय र कक्षा ५ को स्वीकृत प्राप्त नगरेको वन्डर इङ्लिस विषय प्रयोग नगर्न केन्द्रले निर्देशक दिएको छ।

साथै यी पुस्तकहरु प्रकाशन स्वीकृति रद्द गरेको छ। त्यस्तै आठराई पब्लिकेसन प्रा.लि.काठमाडौंबाट प्रकाशित कक्षा ५ को रसिलो नेपाली विषय प्रयोग नगर्न केन्द्रले निर्देशन दिएको छ ।

यी पब्लिकेसनहरुले स्वीकृति पत्रसमेत समावेश गरी पुरानो पाठ्यक्रम अनुसारको सोही कक्षाको सोही विषयको पाठ्यसामग्रीमा संस्करण वर्ष २०८० राख्नुको साथै रिप्रिन्ट २०८० को छाप हानी शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई गुमराहमा पारी पाठ्यसामग्रीहरु बजारमा विक्रिवितरण गरेको पाइएको केन्द्रले जनाएको छ ।

दुवै पब्लिकेसन्सलाई पाठ्य सामग्री प्रकाशन तथा बिक्री वितरणका लागि दिइएको स्वीकृति २ वर्षसम्मका लागि रद्द गर्ने र अहिले बजार तथा विद्यालयमा पुर्‍याइएका पाठ्य सामग्री तत्काल फिर्ता गराउन प्रकाशकलाई निर्देशनसमेत दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here